योगी आदित्यनाथ लगातार दोस्रो पटक मुख्यमन्त्री बन्दै

काठमाडौं। भारतको उत्तर प्रदेशको इतिहासमा लगातार दोस्रो पटक मुख्यमन्त्री बन्दै योगी आदित्यनाथले कीर्तिमान रचेका हुन् । अहिलेसम्म कसैले पनि पहिलो कार्यकाल पूर्णरुपले खाएर दोस्रो कार्यकाल शुरु गर्न पाएका थिएनन् ।

उनले आज स्थानीय समयअनुसार अपरान्ह ४ बजे लखनलस्थित अटल बिहारी वाजपेयी इन्टरनेशनल क्रिकेट स्टेडियम इकाना स्टेडियममा शपथ लिँदैछन् ।

उक्त शपथमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहसमेत कयौं केन्द्रीय मन्त्री सहभागी तथा १२ भाजपा शासित राज्यका मुख्यमन्त्री पनि सामेल हुनेछन् । योगीको दोस्रो कार्यकालमा ४५–४६ मन्त्रीले शपथ लिन सक्नेछन् ।

यसअघि बिहीबार बसेको भाजपा विधायक दलको बैठकले आदित्यनाथलाई विधायक दलको नेता चुनेको थियो । नयाँ बन्ने मन्त्रिपरिषद्मा १६–१७ जना पुरानो मन्त्रिमण्डलबाट दोहोरिने छन् । त्यस्तै २० नयाँ अनुहार आउने दाबी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us