स्थानीय तहको निर्वाचनका लागि २ करोड मतपत्र छाप्ने तयारी

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयाेगले २ करोड मतपत्र छाप्ने तयारी गरेकाे छ ।

यसपटकको स्थानीय तहको निर्वाचनका लागि कुल मतदाता करिब १ करोड ७७ लाख रहेकोमा सो संख्याको १० देखि १५ प्रतिशत बढी मतपत्र छाप्ने तयारी भइरहेको हाे ।

आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले दिनुभएकाे जानकारी अनुसारआयोगले यसअघि मतपत्र छाप्दा मतपत्रमा प्रयोग हुने चिन्ह विवरण तथा सुरक्षण चिन्हहरू हरियो मसीले छपाइ गर्ने निर्णय गरेको छ।

मतपत्र छाप्नका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल प्रक्रिया अघि भइसकेको पनि आयोगले जनाएको छ । सहप्रवक्ता अर्यालका अनुसार आयोगले चैत १६ गतेदेखि मतपत्र छाप्न शुरू गर्ने छ । मतपत्र छाप्न चाहिने कागज खरिदको टेन्डर आयोगले एक महिना अघि नै गरेको थियो ।

आयोगले मतपत्र छपाइका लागि करिब साढे ११ करोड रुपियाँ बराबरको कागज खरिद गर्ने सम्झौता गरेको थियो । आयोगका अनुसार ग्यावियोनेट इन्भाइरोमेन्ट सलुसन प्रालिसँग ११ करोड ४० लाख ६२ हजार २ सय रुपियाँमा कागज खरिद गर्ने सम्झौता गरिसकेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us