प्रतिनिधिसभा र प्रदेशसभामा परेको उमेदवारीविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं । आगामी संसदीय निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभामा परेको उमेदवारीविरुद्ध आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । 

आयोगको कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न दलबाट तथा स्वतन्त्र उमेदवारी दिएका व्यक्तिको विरोधमा उजुरी दिन सकिनेछ । 

आज उजुरी परेका उमेदवारहरुको उजुरीउपर छानविन तथा उमेदवारी फिर्तालगायत प्रक्रिया पूरा गरेपछि बुधबार उमेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *