प्रधानमन्त्री देउवा र ओलीबीचको भेटवार्ता सकियो, के कुरा भयो ?

प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्नि सापकोटाले एमाले विभाजनमा सहयोग गरेको भन्दै लगातार संसद अवरोध गरिरहेको एमालेसँग संसद सञ्चालनका लागि सबै विषयमा खुला छलफल गर्ने प्रस्ताव गरेका छन् ।

बिहीबार संसद भवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत एमालेका शीर्ष नेताहरूसँग भएको छलफलमा देउवाले यो प्रस्ताव राखेको बैठकमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।

थापाका अनु्सार बैठकमा प्रधानमन्त्री देउवाले भनेका थिए, ‘तपाईंले गरेको निर्णयलाई पेस गरेको छु । यसमा तपाईंको सहयोग माग्ने कुरा स्वाभाविक हो । तपाईंहरूलाई संसदमा आएर मत जाहेर गर्न सजिलो बनाउने सबै विषयमा छलफल गरौँ । सबै मिलेर यो देशलाई अगाडि बढाऔँ ।’

एमालेले सभामुखले राजीनामा दिनुपर्ने वा आफूले कारबाही गरेका नेकपा एकीकृत समाजवादी पार्टी स्थापना गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग राख्दै आएको छ । कांग्रेस अब यो विकल्पमा पनि छलफल गर्न तयार भएसँगै सत्ता गठबन्धन टुट्ने डिलमा पुगेको छ ।

प्रधानमन्त्री देउवाको यो प्रस्तावपछि आजै फेरि छलफल गर्ने सहमति भएको महामन्त्री थापाले जानकारी दिए । एमसीसीको विषय अन्तर्राष्ट्रिय सम्बन्धको पनि विषय भएको भन्दै अब सरकार गठबन्धन भनेर चिन्ता नगर्ने उनले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us