सात लाख बढी फाइजर खोप अमेरिकाबाट नेपाल आयो

काठमाडौं। कोभिड विरुद्ध लगाइने सात लाख बढी फाइजर खोप अमेरिकाबाट नेपाल ल्याइएको छ । शुक्रबार बिहान अमेरिकी सरकारको कोभ्याक्स अन्तर्गत फाइजर खोप ल्याइएको स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति महाशाखाका प्रमुख डा. सुरेश चौरसियाले जानकारी दिनुभयो ।

वहाँका अनुसार आगामी सोमबार थप साढे सात लाख खोप पुनः आउनेछ । फाइजर खोप १२ माथिका बालबालिकालाई लगाइनेछ ।

नेपालमा हालसम्म कोभिशिल्ड, भेरोसेल, जोनसन एण्ड जोनसन्, फाइजर, अष्‍ट्राजेनिका विभिन्न मुलुकबाट गरेर कुल ४ करोड ७८ लाख ८२ हजार ८०० खोप प्राप्‍त भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा खोप अभियान सुरु भएदेखि विभिन्‍न उमेर समूहका गरी ३ करोड ९५ लाख ७४ हजार ७९४ मात्रा लगाइएको छ । पहिलो मात्रा १ करोड ८७ लाख २७ हजार ३३, पूर्ण मात्रा १ करोड ८८ लाख ५२ हजार ९७९ र अतिरिक्त मात्रा १९ लाख ९४ हजार ७८२ जनाले खोप लगाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us