इलाम–१ बाट एकीकृत समाजवादीका झलनाथ खनाल र एमालेका महेश बस्नेतको उम्मेदवारी 

इलाम । इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मनोनयन दर्ता गराउनुभएको छ । 

खनालको अनुपस्थितिमा एकीकृत समाजवादीका प्रतिनिधि दीपक पौडेलले मनोनयन दर्ता गराउनुभएको हो । 

त्यस्तै सोही क्षेत्रमा नेकपा एमालेका तर्फबाट जिल्ला अध्यक्ष महेश बस्नेतले मनोनयन दर्ता गराउनुभएको छ । विक्रम पाण्डेले समेत सोही क्षेत्रमा स्वतन्त्रको तर्फबाट मनोनयन दर्ता गराउनुभएको छ । 

प्रदेशसभातर्फ गठबन्धनको तर्फबाट (क) मा खिनु लङ्वाले मनोनयन दर्ता गराउनुभएको छ । एकीकृत समाजवादीबाट उहाँले दोस्रो कार्यकालका लागि मनोनयन दर्ता गराउनुभएको हो । त्यस्तै (ख) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रदेशसभा सभापति शम्शेर राईले मनोनयन दर्ता गराउनुभएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *