राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण

काठमाडौं। त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

खोकी र ज्वरोको समस्या देखिएपछि राष्ट्रपति भण्डारी शनिबार अस्पताल भर्ना हुनुभएको थियो। उहाँको आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब पठाइएको थियो। परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *