काठमाडौं। कालिकोट तिलागुफा नगरपालिका–४ राचुलीमा पहिरो आउदा १३ जना मलामी बेपत्ता भएका छन् । शव जलिरहेको बेला नदी किनारमा पहिरो खसेपछि ४ नम्बर वडाका अध्यक्ष प्रसिद्ध शाहीसहित १३ जनालाई पहिरोले पुरेको प्रहरीले जनाएको छ ।
अहिले खोजि कार्य भइरहेको प्रहरीले बताएको छ । यो घटना शनिबार अपराहन्नको भएको बताइएको छ । प्रहरी सोमबार बिहान ४ घण्टा हिडेर घटनास्थलमा पुगेको छ ।