काठमाडौं। उदयपुर घर भइ बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलमा बस्दै आएका २१ वर्षीय भक्तबहादुर थापाले श्रीमती २४ वर्षीय लक्ष्मी तामाङको धारिलो हतियारको प्रयोग गरी हत्या गरेका छन्।
महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार श्रीमानले श्रीमतीलाई दाउले प्रहार गरेर हत्या गरेका हुन्।
बिहीबार राति पौने १२ बजे सामान्य घरायसी विवादमा घटना भएको प्रहरीले जनाएको छ। गम्भीर घाइतेलाई तकाल उद्दार गरी स्थानीय अस्पतालमा भर्ना गरिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए।
घटनालगत्तै फरार रहेका भक्तलाई पक्राउ गरेर महानगरीय प्रहरी प्रभाग, बूढानिलकण्ठमा राखि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।