प्रभु शाहले रौतहटमा एमालेको उम्मेदवार खाली गराइदिने षड्यन्त्र रचे: केपी ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रभु साहले  रौतहटमा एमालेको उम्मेदवार खाली गराइदिने षड्यन्त्र रचेको आरोप लगाउनुभएको छ ।

‘जिल्लाको टिकट कब्जामा राख्न खोज्दै हुनुहुन्थ्यो, जिल्लामा सिंगै एमाले खाली गराइदिने षड्यन्त्र रहेछ,’ ओलीले भन्नुभयो, ‘उहाँ कहाँबाट परिचालित हुनुहुन्थ्यो।’

साहले लामो समयदेखि संदिग्ध खालका गतिविधि गरिरहेको ओलीको आरोप छ । उहाँले आफूसँग साहका संदिग्ध खालका गतिविधिबारे रिपोर्ट आएको पनि दाबी गर्नुभयो । 

‘उहाँले षड्यन्त्र गर्नुभयो, ५ बजेसम्म टिकट खल्तीमा राख्नु भयो, उम्मेदवारी दिँदैछु भन्नुभयो। पछि वारेस पठाएर स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गर्नुभयो,’ उहाँले भन्नुभयो, ‘त्यो त धोका भयो, बेइमानी भयो, उहाँका संदिग्ध खालका गतिविधिको रिपोर्ट आएका थिए तर विश्वास गरेको थिइनँ।’

पछिल्लो गतिविधिले साहको गतिविधिले ती रिपोर्टहरू सही रहेछन् भन्ने देखाएको ओलीको भनाइ छ। एमालेका नेता प्रभु साहले रौतहट क्षेत्र नं ३ को प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *