काठमाडौं। मंगलबार सुन प्रतितोला ९४ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सुनचाँदीको मूल्य घटेको हो। यो सोमबारको तुलनामा एक हजार दुई सयले कम हो। आइतबार सुन प्रतितोला ९५ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सोमबारको तुलनामा चाँदी पनि प्रतितोला १५ रूपैयाँले घटेर मंगलबार एक हजार दुई सय १५ रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी एक हजार दुई सय ३० रूपैयाँमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६ सय ६३ रूपैयाँमा कारोबार भइरहेको छ।