आन्तरिक तथा बाह्य पर्यटक गरी ८२  जनाको उद्धार

चामे । मनाङबाट आन्तरिक तथा बाह्य पर्यटक गरी ८२  जनाको उद्धार गरिएको छ। मौसम प्रतिकूलताका कारण अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो।

अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना एक्यापका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । 

हेलिकोप्टरमार्फत मनाङ पुगेका १६ जनामध्ये १३ जनाको मनाङ ङिस्याङ र तीन बाह्य पर्यटकको उद्धार गरिएको उहाँले बताउनुभयो । 

७३ बाह्य पर्यटक र नौ जना आन्तरिक पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। बाढीपहिराले गर्दा सडकमार्ग अवरुद्ध भएकाले अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण मनाङको मौसमको प्रतिकूलताले गर्दा अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *