एमालेका ५ जना केन्द्रीयस्तरका नेताका नाम पार्टी सदस्यता अभिलेखबाट समेत आउट

काठमाडौं । नेकपा एमालेका ५ जना केन्द्रीयस्तरका नेताका नाम पार्टी सदस्यता अभिलेखबाट आउट हुने भएका छन् । मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी र स्वतन्त्रका नाममा उम्मेदवारी दिएपछि उनीहरूको नाम पार्टीको अभिलेखबाट हटाउन लागिएको हो ।

‘स्वतन्त्र वा बागीका नाममा उम्मेदवारी दिएपछि उनीहरूको नाम पार्टी सदस्यताको अभिलेखबाट स्वतः हट्छ’, एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने, ‘उनीहरूलाई स्पष्टीकरण सोधिरहनु पर्दैन ।’ एमालेका दुई स्थायी कमिटी सदस्य र तीन केन्द्रीय समिति सदस्यले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसरी स्वतन्त्र उम्मेदवारी दिने स्थायी कमिटी सदस्यमा नेता घनश्याम भुसाल (रुपन्देही) र प्रभु साह (रौतहट) रहेका छन् भने केन्द्रीय सदस्यहरूमा कुन्दन कुशवाह (रौतहट), गंगा चौधरी सत्गौवा, (दाङ) तथा बदमी क्वारा बुढा (डोल्पा) रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *