सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाउनु भएको छ । गठबन्धनको एउटा दल जसपा विपक्षी एमाले गठबन्धनमा सामेल भएपछि देउवाले मंगलबार चार दलीय बैठक बोलाउनु भएको हो।

जसपाका मन्त्री हटाउने विषयमा छलफल गर्न देउवाले दिउँसो २ बजे बालुवाटारमा गठबन्धनको बैठक बोलाउनु भएको छ। प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार देउवाले जसपाका मन्त्रीहरूलाई हटाउने तयारी गर्नुभएको छ। त्यसकै लागि छलफल गर्न उहाँले सत्ता गठबन्धनको बैठक बोलाउनु भएको हो।

जसपाबाट राजेन्द्रप्रसाद श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात मन्त्री, प्रदीप यादव वन तथा वातावरण मन्त्री र मृगेन्द्रकुमार सिंह कृषि तथा पशुपन्छी विकास मन्त्री रहनु भएको छ। पाँच दलीय सत्ता गठबन्धन छाडेसँगै जसपाले एमालेसँग १७ सिटका लागि तालमेल गरेको छ। गत शनिबार एमाले अध्यक्ष केपी ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले चुनावपछि पनि निरन्तर सहकार्य रहने सहमतिसहित तालमेल गर्ने निर्णय गर्नुभएको थियो। एमालेसँग तालमेल गरे पनि उपेन्द्रले प्रधानमन्त्री देउवाले आफ्ना दलका मन्त्रीलाई हटाउन नहुने धारणा सार्वजनिक गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *