काठमाडौं। मंगलबार १६.०६ अंक घटेर नेप्से १८५५ अंकमा ओर्लिएको छ भने सेयर कारोबार रकममा पनि भारी गिरावट आएको छ । दिनभर जम्मा ५५ करोड २८ लाख रुपैयाँको धितोपत्र कारोबार भयो । यसअघि सोमबार ९७ करोड १७ लाख रुपैयाँको कारोबार भएको थियो । कारोबार रकमसँगै परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।
कुल ३३ कम्पनीको मूल्य बढ्दा १४२ को घट्यो भने ९ को स्थिर रह्यो । बैंकिङ ९, विकास बैंक ४३, फाइनान्स १३, जलविद्युत् १५, जीवन बीमा १२३, उत्पादन ३६, माइक्रोफाइनान्स १७, निर्जीवन बीमा ७० र अन्य उपसमूह १५ अंक घटे । ब्यापार र होटल उपसमूह भने झिनो अंकमा हरियो रहे । दुई कम्पनी समिट लघुवित्त र अभियान लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । बिन्ध्यबासिनी हाइड्रोको मूल्य सबैभन्दा धेरै ७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, हिमालय पावर पार्टनर, रिडी पावर र नेपाल टेलिकम क्रमशस् अगाडि रहे ।