बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

काठमाडौं। ११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले रामबहादुर सुनारलाई पक्राउ गरेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटमा नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भई हालः काठमाडौं बौद्ध बस्ने वर्ष ३५ को सुनारलाई पक्राउ गरेको हो।

नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भई हाल सूर्यविनायक नगरपालिका-२ बालकोटमा डेरामा आफ्ना अभिभावकसँग बस्दै आएकी वर्ष ११ की बालिकालाई निजकै डेराकोठामा गई जबरजस्ती करणी गरेको कसुरमा उनलाई पक्राउ गरेको हो।

प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले निजलाई नियन्त्रणमा लिई प्रहरी वृत्त ठिमीबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले महानगरीय प्रहरी परिसर भक्तपुरले मंगलबार जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us