२४ घन्टामा ४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा देशभर ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ५७९ जनाको पिसिआर र १६४३ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर ५७५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । पछिल्लो २४ घण्टामा थप २९ जना संक्रमित निको भएका छन् । गएको २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us