काठमाडौं । बैंक तथा वित्तीय प्रणालीमा लगानी योग्य रकम अभाव हुन नदिन नेपाल राष्ट्र बैंकले ७ दिने रिपो जारी गर्न लागेको छ। तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले आज ३० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको हो ।
बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ । वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले आउँदो कात्तिक ३ गते परिपक्व हुने यो रिपो बिहीबार दिउँसो ३ बजे बोलकबोल मार्फत खरिद गर्न सक्नेछन् । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी र स्थायी तरलता सुविधा प्रयोग गर्दछन् ।