काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार सुनको भाउ बुधबारको तुलनामा स्थिर हुँदा चाँदीको भाउमा भने प्रतितोला १० रुपैयाँले गिरावट आएको छ । आज छापावाल सुनको भाउ यसअघिकै मूल्य अर्थात प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ७०० रुपैयाँ रहेको छ ।
यसैगरी चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेको छ । यसअघि प्रतितोला एक हजार २०० रुपैयाँ रहेको चाँदीको भाउ आज घटेर एक हजार १९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।