काठमाडौं जिल्ला अदालतद्वारा सन्दीप लामिछानेलाई ५ दिन म्याद थप

काठमाडौं। जिल्ला अदालत काठमाडौंले सन्दीप लामिछानेलाई ५ दिन म्याद थप गरेको छ। दोस्रो पटक म्याद थपका लागि प्रहरीले बिहीबार अदालत उपस्थित गराएको थियो।

पहिलोपटक २७ गतेसम्म म्याद थप भएको थियो। सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेका अनुसार दोस्रो पटक पाँच दिनको म्याद थप गरेको हो।

जिल्ला सरकारी वकिलले थप सात दिन मागेको थियो। विगतमा पनि सात दिन दिएको र बयान पनि आधा सकिएकाले कम समय दिनुपर्ने माग सन्दीपका कानुन व्यवसायीहरुले गरेका थिए।

यस्तै जिल्ला न्यायाधीशले छिट्टै मुद्दा दायर गर्न सरकारी वकिललाई निर्देशन पनि गरेका छन्। नाबालिकालाई बलात्कार गरेको अभियोगमा उनीविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ। उनलाई प्रहरीले असोज २० गतेदेखि न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। नेपालमा जाहेरी दर्ता हुदाँ उनी विदेशमा रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us