आज अक्टोबर १३ तारिख, विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस

काठमाडौं। आज अक्टोबर १३ तारिख, विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस । हरेक वर्ष अक्टोबर महिनाको १३ तारिखलाई विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

यस वर्षको विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसको नारा ‘प्राकृतिक प्रकोप नियन्त्रण र जोखिम न्यूनीकरणलाई विश्वव्यापी संस्कार बनाऔँ’ भन्ने रहेको छ । सन् १९८९ को राष्ट्र सङ्घ साधारणसभाले प्राकृतिक विपत्ति विरुद्ध पूर्वतयारी र जागरण बढाउने उद्देश्यले दिवसको सुरुवात गरेको थियो ।

नेपालमा यो वर्ष ६ महिनामा विभिन्न विपद्का घटनामा परि २ सय ७९ जनाले ज्यान गुमाएका छन् । ५ सय ९५ जना घाइते भएको तथ्याङ्क छ । बाढीरपहिरो तथा चट्याङबाट मात्रै १ सय ८८ जनाले ज्यान गुमाएका छन् भने बाढी र पहिरोमा परेर ३७ जना बेपत्ता रहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ । २०७२ सालको भूकम्पमा परि नेपालमा झन्डै ९ हजार नागरिकले ज्यान गुमाएका थिए । त्यस्तै ८ लाखभन्दा धेरै घर तथा संरचना, विद्यालय भवन, सम्पदालगायतमा क्षति पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us