काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा बोलाएको छ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थित हुनेछन्। बैठकमा आगामी निर्वाचनको रणनीति र समसामयिक राजनीतिको विषयमा छलफल हुनेछ। आगामी निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन्।