मलाई हराउन सकिँदैन भन्ने भएपछि उम्मेदवारी रोकियो: भीम रावल

काठमाडौं। नेकपा एमाले नेता भीम रावलले आफूलाई हराउन नसकिने निष्कर्ष निकालेपछि उम्मेदवारै बन्न रोकिएको बताउनु भएको छ। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले आफूलाई कुनैपनि हालतमा चुनाव हराउन नसकिने अवस्था भएपछि टिकट दिनबाट बञ्चित गरिएको बताउनु भएको हो।

‘मलाई कसरी रोक्न सकिन्छ भनेर छलफल गरेका सूचनाहरु आई नै रहेका थिए । मलाई हराउन सकिँदैन भन्ने भएपछि उम्मेदवारी रोकियो । मेरो उम्मेदवारी रोकिँदा जनता र कार्यकर्तामा उत्पन्न हुने प्रतिक्रियाका कारण सिफारिस नै नभएको व्यक्तिलाई उम्मेदवार बनाइयो’ रावलले भन्नुभयो, ‘यस्तो गर्नु कार्यकर्ता र जनताको भावनालाई कुल्चनु हो । यस्तो कार्य गर्नु स्वेच्छाचारी निन्दनीय कार्य हो ।’

अछामको जिल्ला कमिटीले आफ्नो एकल नाम सिफारिस गर्दा पनि ओलीले टिकट नदिनु अछामी कार्यकर्ताको अपमान भएको पनि रावलको जिकिर छ । ओली एमालेको नेतृत्वमा आएदेखि पार्टी ध्वस्त हुँदै गएको आरोप लगाउँदै नेता रावलले अझै पनि यस्तै व्यवहार भएमा पार्टी विघटनको संघारमा पुग्ने चेतावनी दिनुभयो । अध्यक्ष ओलीले लामो समयसम्म एमालेमा रगत पसिना बगाएकालाई टिकट नदिएर विगतमा एमालेको खेदो खन्ने, विदेशीका एजेन्ट, धनाढय र अध्यक्ष ओलीका आफन्त र जयजयकार गर्नेहरुलाई टिकट दिनु कहाँको र कुन सिद्धान्त हो रु भनेर रावलले प्रश्न पनि गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us