नेप्से ४.१५ अंकले बढ्यो

काठमाडौं। दिनभर उतारचढावका बीच कारोबार बन्द हुँदा सेयर बजारको परिसूचक नेप्से ४.१५ अंक बढेर १८७० अंकमा कायम भएको छ । उतारचढावका बेला नेप्से अधिकतम १८७८ अंकसम्म पुग्यो भने न्यूनतम १८६१ अंकसम्म झर्‍यो ।

कुल ८२ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भयो । ९५ कम्पनीको मूल्य बढ्दा ७९ को घट्यो भने ९ को स्थिर रह्यो । बैंकिङ ०.९, विकास बैंक ३४, फाइनान्स १४, होटल ४, जीवन बीमा १५, उत्पादन ७३, माइक्रोफाइनान्स ३, निर्जीवन बीमा ३२, अन्य २ र ब्यापार उपसमूह १ अंक बढे । जलविद्युत् उपसमूह भने २ अंक घट्यो ।

अभियान लघुवित्तको मूल्य १० र रुरु हाइड्रोको ८ प्रतिशत बढ्यो । अन्य धेरै मूल्य बढेका कम्पनीमा क्रमशस् सामुदायिक लघुवित्त, शिवम् सिमेन्ट र सबैको लघुवित्त क्रमशस् रहे । कारोबार रकमका आधारमा नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, रिडी पावर र हिमालयन डिस्टिलरी क्रमशस् अगाडि रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us