राजु गुरुङद्वारा उम्मेदवारी खारेजी बदरको माग गर्दै सर्वोच्चमा मुद्दा

काठमाडौं । एकीकृत समाजवादीका नेता राजु गुरुङले आफ्नो उम्मेदवारी खारेजी बदरको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा हाल्नुभएको छ। रुपन्देही क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार बन्नुभएका गुरुङ बिहीबार सर्वोच्च पुगेर मुद्दा हाल्नुभएको हो।

गुरुङ दिउँसो पूर्व कानून मन्त्री गोविन्द बन्दी, वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ लगायतलाई लिएर सर्वोच्च अदालत पुग्नुभएको थियो। रिटमा उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय कानून सम्मत नभएको भन्दै बदर गर्न र आफ्नो उम्मेदवारी कायम गराउन अन्तरिम आदेश माग गरिएको छ । मुद्दा अहिले दर्ता प्रक्रियामा रहेको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *