पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको विवरणअनुसार १ हजार ७८६ जनामा परीक्षण गर्दा ५१ जनामा संक्रमण देखिएको हो ।

कोरोना निको भई २१ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । बिहीवार देशभर सक्रिय संक्रमितको संख्या ६२२ जना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *