सत्ता गठबन्धनको सातै प्रदेशमा निर्वाचन लक्षित भेलाको तालिका सार्वजनिक

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले सातै प्रदेशमा निर्वाचन लक्षित भेलाको कार्यक्रम सार्वजनिक गरेको छ ।  विहीवार बसेको गठबन्धनको बैठकले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन नारा दिएर सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको हो । 

गठबन्धनले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा केन्द्रीयस्तरको निर्वाचन परिचालन समन्वय समिति पनि गठन गर्ने भएको छ । यस्तै प्रदेश र जिल्लास्तरमा गठबन्धन दलका प्रमुखहरू रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गरिने छ । 

आवश्यकता अनुसार निर्वाचन क्षेत्र तथा स्थानीय तहमा पनि निर्वाचन परिचालन समन्वय समिति निर्माण गर्ने सकिने गठबन्धनको बैठकले निर्णय गरेको छ ।

भेलाका लागि गठबन्धनको कार्यतालिका 


१  कात्तिक ४ गते – पोखरा, ११ बजे 
२  कात्तिक ४ गते – बुटवल, २ बजे
३  कात्तिक ५ गते – विराटनगर, ११ बजे
४ कात्तिक ५ गते – जनकपुर, २ बजे
५ कात्तिक ६ गते – धनगढी व्यवस्थापन, ११ बजे 
६ कात्तिक ६ गते – सुर्खेत, २ बजे
७ कात्तिक ७ गते – काठमाडौं, ११ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *