काठमाडौं । सरकारले जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका चारमन्त्रीहरूलाई पदमुक्त गरेको छ । बिहीबार प्रधामन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँहरूलाई पदमुक्त गर्नुभएको हो ।
प्रधामन्त्रीको सिफारिसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई पदमुक्त गरिएको हो ।
ती मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री देउवाले आफैँ सम्हाल्नुहुने बताइएको छ ।