उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी सम्बन्धी रिटको आज सुनुवाई हुँदै 

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी सम्बन्धी रिटको आज सुनुवाई हुँदै छ। रूपन्देही–२ का आफ्नो उम्मेदवारी खारेजी भए पछि सर्वोच्च अदालत गएका गुरुङको रिटमा आज सुनवाई हुने भएको हो । आफनो उम्मेदवारी खारेज भएपछि गुरुङले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । 

बैंकिङ कसुर मुद्दामा कालोसूचीमा रहेको उल्लेख गर्दै गुरुङको उम्मेदवारी खारेज गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको थियो । आयोगको उक्त निर्णय विरुद्ध गुरुङले रिट निवेदन दायर गर्नुभएको हो । 

लगत्तै रिट निवेदनमा गुरुङले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्नुभएको छ । सोही मुद्धामा सर्वोच्चले आज सुनवाई गर्न लागेको हो ।  

सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) र निर्देशिका २०७९ को दफा १६ ९ज० लाई आधार बनाएर उम्मेदवारी खारेज गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *