मधेश प्रदेशका मन्त्रीलाई राजीनामा दिन आग्रह

काठमाडौं। कांग्रेस पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिन आग्रह गर्नुभएको छ। संघीय सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चारजना मन्त्रीलाई बर्खास्त गरेपछि जसपा नेतृत्वको मधेस प्रदेश सरकारका मुख्यमन्त्री राउतले कांग्रेसबाट सरकारमा मन्त्री रहेकालाई राजीनामा दिन भनेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

केन्द्रमा रहेका कांग्रेसका प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीलाई हटाएको कारण जसपाले पनि सुरुमा कांग्रेसलाई टार्गेट गरेको छ । माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लाई हालसम्म राजीनामा दिन भनेको छैन तर उहाँहरु आफै राजीनामा दिएर गए जसपाले नरोक्ने स्रोतको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us