अपहरणमा परेका युवकको शव विराटनगरको गेष्ट हाउसमा भेटियो

काठमाडौं। सिरहाबाट अपहरणमा परेका एक युवकको शव शुक्रबार दिउँसो विराटनगर बसपार्कमा रहेको न्यू अप्सरा गेष्ट हाउसमा भेटिएको मोरङका प्रमुख प्रहरी उपरीक्षक शन्तिराज कोइरालाले बताउनु भयो।

उहाँका अनुसार शव सिरहाका १८ वर्षीय युवक अंशु सदाको हो । ‘असोज २६ गते होटलमा इन्ट्री भएको देखिन्छ,’ उहाँले भन्नुभयो, ‘सिरहाबाट अपहरण गरेको कुरा आएको छ, थप अनुसन्धान हुँदैछ । ’

युवकको हत्यामा संलग्न भएको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us