मुख्यमन्त्री राउतद्वारा कांग्रेसका तीन जना मन्त्री पदमुक्त

काठमाडौं। मधेस प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो सरकारमा रहेका कांग्रेसका तीन जना मन्त्रीहरूलाई पदमुक्त गर्नुभएको छ। संघीय सरकारमा रहेका जसपाका तीन मन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार पदमुक्त गरेपछि त्यही शैलीमा राउतले पनि कांग्रेसका मन्त्रीहरूलाई शुक्रबार हटाउनु भएको हो।

मुख्यमन्त्री राउतले कांग्रेसका मन्त्रीहरू रामसरोज यादव, विरेन्द्र सिंह र ओमप्रकाश शर्मालाई हटाउनु भएको हो। जसपाले सत्ता गठबन्धन तोडेर एमालेसँग चुनावी तालमेल गरेपछि देउवाले जसपाका मन्त्रीहरू हटाउनु भएको थियो। कांग्रेसका मन्त्री हटाए पनि राउतले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्री भने हटाउनु भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us