स्रोत नखुलेको नगद १० लाख ७० हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बिहान स्रोत नखुलेको नगद १० लाख ७० हजार रुपैयाँसहित ५० वर्षीय भारतीय नागरिक मोहद् तसलिम प्रहरीले पक्राउ गरेको छ ।

बुद्ध एयरको उडानद्वारा काठमाडौँबाट धनगढीतर्फ जान लागेका उनको झोला विमानस्थलको आन्तरिक उडानतर्फको ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको एक्स(रे मेसिनमा जाँच गर्ने क्रममा स्रोत नखुलेको तथा भन्सार उद्‌घोष नगरेको नेपाली रुपैयाँ १ हजार दरको ८ सय १६ थान र ५ सय दरको ५ सय ८ थान गरी उक्त नगद फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us