काठमाडौं। काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा अनधिकृत संरचना हटाउन सुरु गरेको छ। महानगरले शुक्रबार थापाथली क्षेत्रमा रहेका अनाधिकृत संरचनामा डोजर चलाई हटाएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो। सो क्षेत्रमा निर्माण भएको क्रियापुत्री भवन, ओम शान्तिको भवन, रुद्रेश्वर मन्दिरको पुजारी भवन लगायतका संरचनाहरु अनधिकृत भएकोले हटाइरहेको हो।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा थापाथलीदेखि युएन पार्कको पुल क्षेत्रको (सुकुम्बासी बस्ती नजिकै) निर्माण भएका अनधिकृत संरचना हटाएको हो।