रौतहटको एमाले जिल्ला कमिटी विघटन

काठमाडौं। शुक्रबार एमाले मधेस प्रदेश कमिटीले एमाले रौतहट जिल्ला कमिटी विघटन भएको छ । शुक्रबार प्रदेश कमिटी अध्यक्ष रामऔतार यादवले जिल्ला उपाध्यक्ष दीपक राय यादवलाई पत्र पठाउँदै त्रिभुवन साह अध्यक्ष रहेको जिल्ला कमिटी विघटन गरिएको जानकारी दिएका छन् ।

अध्यक्ष साहलगायतका जिल्ला कमिटीका सदस्यहरू पार्टीविरोधी गतिविधिमा लागेकोले जिल्ला कमिटी विघटन गरिएको प्रदेश कमिटीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us