पाल्पा । नेकपा एमाले पाल्पाबाट पार्टी परित्याग गरी नेताहरु एकीकृत समाजवादी पाल्पामा प्रवेश गरेका छन् । पार्टीले व्यक्तिवादी, स्वच्छाचारिता, अराजकता बढ्दै गएको भन्दै उनीहरु एकिकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
दक्षिणपन्थी अवसरवाद, गुटवाद, परिवारवाद हावी भएको कारण पार्टीको सुधार हुने अवस्था नभएकोले पार्टीबाट छोडी एकिकृत समाजवादीमा प्रवेश गरेको पार्टी प्रवेश कार्यक्रममा एमालेका जिल्ला तहका नेताहरु तानसेनका दिनेश रावल, रिव्दीकोटका एमाले प्रदेश कमिटि सदस्य कृष्ण बहादुर जिसीले पार्टी प्रवेश गरेका हुन् ।
निर्वाचनको मुखमा पार्टी प्रवेश गर्नेको लहर बढेसँगै पाल्पामा गठबन्धनका साझा उम्मेद्वार सोमप्रसाद पाण्डेयको जित समेत सुनिश्चित हुने क्रम बढ्दै गइरहेको एकिकृत समाजवादीका नेताहरुले जनाएका छन् ।
पार्टीमा स्वागत गर्दै समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष तथा पाल्पा क्षेत्र नं. २ का सांसदका उम्मेद्वार सोमप्रसाद पाण्डेयले पार्टीले नेताहरुलाई उचित जिम्मेवारी दिने र सच्चा कम्यूनिष्टहरुको धुव्रीकरण अभियान जारी नै रहने बताउनुभयो।