काठमाडौं। पछिल्लो २४ घन्टामा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ४३४२ नमूना परीक्षणमा १८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सोही अवधिमा २७१ जना कोरोनामुक्त भएका छन्।
मन्त्रालयका अनुसार शुक्रबार कोरोनाबाट कसैको पनि मृत्यु नभएको र हाल नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या १९६० रहेको छ।