पर्वत । नेकपा एकीकृत समाजवादी पर्बत जिल्ला निर्वाचन क्षेत्र ख को चुनावी भेला सम्पन्न भएको छ । पैयु गाउपालिका वडा नम्बर ४ मा निर्वाचत लक्षित भेला सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी नेकपा एस केन्द्रीय सदस्य तथा जिल्ला कमिटीका अध्यक्ष मोति प्रसाद पौडेलले पर्वत जिल्लामा प्रत्यक्ष तर्फको मत गठबन्धनलाई दिन सबैमा आग्रह गर्नुभयो ।
त्यस्तै, समानुपातिकमा भने कलममा मत माग्न निर्वाचनको घोषणा पत्र, अपिल र प्रतिबद्धता पत्र लिएर जनतामा जान निर्देशन समेत गर्नुभयो । कार्यक्रमका अध्यक्ष अध्यक्ष रामेश्वर गौतमले पार्टी कार्यकर्ता सबै आफू उम्मेद्हुवार हुँ भनेर खट्न आग्रह गर्नुभयो । साथै उहाँले कलममा धेरै भन्दा धेरै मत ल्याएर प्रदेशसभा र प्रतिनिधिसभामा कलमको बलियो उपस्थिती गराउनुपर्ने पनि बताउनुभयो ।
कार्यक्रममा पार्टीका निर्वाचन आयोग सदस्य उदय सुवेदी, केन्द्रिय परिसद सदस्य बैकुण्ठ भुसाल, प्रदेश कमिटीका सदस्यहरु, जिल्लाका पदाधिकारी सहित प्रदेश सभाका समानुपातिक तर्फका उम्मेद्बार धनमाया थापा, संगिता सुवेदी लगाएतको उपस्थिति थियो । त्यस्तै, नेकपा एसका युवा नेतातथा पार्टी उपसचिव सन्तोष न्यौपानेले गठबन्धन अग्रगामी पार्टीहरुको भएको र संविधान जोगाउनकै लागि भएपनि गठबन्धनप्रति जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
एमालेका अध्यक्ष केपी ओलीले गणतन्त्र विरोधीहरु प्रतिगामी, प्रतिक्रियावादी शक्तिहरुसँग तालमेल गरेको हुँदा विकास समृद्धिको लागि हामी गठबन्धननै एक हुनुपर्ने उहाँको भनाई थियो । साथै आउने निर्वाचनमा प्रतिगामी, राजावादी, सामन्तवादी, रुढीबादी र परिवर्तन विरोधी शक्तिलाई शुन्यमा पुर्याउनुको विकल्प नरहेको उहाँले बताउनुभयो । भेलाले १०१ सदस्य निर्वाचन परिचालन कमिटी निर्माण गरेको छ ।