मन्त्री चौधरीद्वारा देउखुरीका चार पालिकाका बाढी पीडितलाई खाद्यान्न सहयोग

काठमाडौं। सहरी विकास मन्त्री मेटमणि चौधरीले शनिबार देउखुरीका चार पालिकाका बाढी पीडितका लागि करिब १३ लाख बराबरको खाद्यान्न सहयोग गर्नुभएको छ । डुबान क्षेत्रको अवलोकनपछि जनतालाई पहिलो चरणको सहयोग पुर्याउने उद्देश्यले देउखुरीका राप्ती, गढवा, राजपुर र लमही पालिकालाई ५० क्विन्टलका दरले चामल उपलब्ध गराएको मन्त्री चौधरीको भनाइ छ ।

दुःखमा परेका जनताले राज्य छ, स्थानीय सरकार छ भन्ने महसुस गर्नुपर्छ भन्दै मन्त्री चौधरीले क्षतिको विवरण संकलन लगत्तै स्थानीय, प्रदेश र संघीय सरकारबाट पर्याप्त राहत उपलब्ध गराइने बताउनुभयो । ‘यो ०१८ साल पछिकै ठुलो बाढी हो । यसले निकै ठुलो क्षती पुर्याएको छ । थोरै भएपनि जनतालाई सहायोग होस् भन्ने चाहेको छु । यो पालिका प्रमुख मार्फत् एक द्वार प्रणालीबाट वितरण हुनेछ ।’ मन्त्री चौधरी भन्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *