काठमाडौं । डेंगुका विरामीको रगतमा प्लेटलेट्सको कमी हुने भएकाले बजारमा रगतको अभाव देखिएको छ । डेंगु संक्रमणबाट गम्भीर बिरामी भएकाका लागि प्लेटलेट्सको कमी हुने र प्लेटलेट्सका लागि फ्रेस रगत चाहिने भएकाले बजारमा केही मात्रामा रगतको अभाव देखिएको हो । सामान्यतया फ्रेस रगतलाई फिल्टर गरेर प्लेटलेट्स बनाउनुपर्ने हुन्छ ।
दशैं र तिहारको समयमा रेडक्रस सोसाईटी, नागरिक समाज, निजी अस्पताल तथा अन्य संस्थाहरुले रक्तदान कार्यक्रमहरु नगर्ने हुँदा अरु समयमा पनि रगतको अभाव नै हुने गर्ने गरेको नेपाल रेडक्रस सोसाईटीले जनाएको छ ।
प्लेटलेट्स लिन जानेहरुलाई रेडक्रस सोसाईटी तथा निजी अस्पतालहरुले ब्लड ग्रुप मिल्ने मानिस ल्याएर रक्तदान गर्न लगाउने समेत गरेका छन् ।