काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पाराग्लाइडिङ दुर्घटना हुँदा एक जना खेलाडीको मृत्यु भएको छ । प्रतियोगिताको दौरान करिब सय मिटर माथिबाट जमिनमा खस्दा त्रिभुवन आर्मी क्लबका खेलाडी निसिम थापाको मृत्यु भएको हो ।
पोखरा महानगरपालिका १८ सराङ्कोटमा प्रतियोगिताको दौरान करिब सय मिटर माथिबाट जमिनमा खस्दा त्रिभुवन आर्मी क्लबका खेलाडी निसिम थापा गम्भिर घाइते भएका थिए । घाइते थापालाई उपचारको क्रममा करिब पौने १ बजे उनको मृत्यु भएको हो ।
क्रस कन्ट्री पाराग्लाइडिङ भइरहेको बेला उनले उडाइरहेको पाराग्लाइडिङ करिब सय मिटरमाथिबाट जमिनमा खस्दा दुर्घटना भएको हो ।