सत्तारुढ गठबन्धन तोड्न एमाले लागिपरेको छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमारले सत्तारुढ गठबन्धन तोड्न एमाले लागिपरेको बताउनुभएको छ ।

शुक्रबार अखिल नेपाल महिला संघ (समाजवादी) काठमाडौंको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन ताेड्न ओली पूर्वराजा ज्ञानेन्द्रकाे निवासमा पुग्ने गरेकाे बताउनुभएकाे हाे ।

‘सत्तारुढ गठबन्धनलाई तोड्न केपी ओली लागिपरेका छन्,’ नेपालले भन्नुभयाे, ‘तर उनी पनि गठबन्धन गर्दैछन् । कोसँग थाहा छ ? सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन् । राप्रपासँग साँठगाँठ गर्न खोजेका छन् । विदेशीसँग दलाली गर्न पार्टीसँग तालमेल मिलाउन खोजिरहेका छन् ।’ सत्तारुढ गठबन्धन तोड्ने प्रयास गरिरहेका ओली पनि गठबन्धन बनाएर चुनावमा जान खोजेको अध्यक्ष नेपालको भनाइ छ । ओलीले राप्रपासँग गठबन्धन गर्न खोजेको नेपालले बताउनुभयाे । 

आसन्न निर्वाचनमा गठबन्धन आवद्ध दलहरूबीच तालमेल गरेर अघि बढ्ने बताउनुभएका अध्यक्ष नेपालले गठबन्धन बाहिरका विचार मिल्ने दलहरू पनि तालमेल गर्न प्रस्ताव आएको बताउनुभयाे ।

आसन्न निर्वाचनमा आफू कमजोर हुने भएपछि एमाले अध्यक्ष केपी ओली सत्तारुढ गठबन्धन तोड्ने प्रयास गरिरहेको आरोप नेपालले लगाउनुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *