बंगलादेशमा दुई जना रोहिंग्या समुदायका नेताको हत्या

एजेन्सी । बंगलादेशमा दुई जना रोहिंग्या समुदायका नेताको हत्या भएको छ । म्यामारबाट विस्थापित भई बंगलादेशको शरणार्थी शिविरमा रहेको एक समूहले उनीहरूको हत्या गरेको हो । करिब १० लाख शरणार्थी बसोबास गर्ने शिविरमा सुरक्षा व्यवस्था फितलो भएका कारण उक्त हत्याकाण्ड भएको जनाइएकाे छ । सोही शिविरको क्याम्प १३ का प्रमुख मौलवी मोहम्मद युनुसक र मोहम्मद अनवरको हत्या भएको हो ।

युनुसको घटनास्थलमै र अमवारको अस्पतालमा मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सोही शिविरमा रहेका लागूऔषध गिरोहले पछिल्लो समय विभिन्न आतंकवादी गतिविधि गर्दै आएको छ । पछिल्ला ३ महिनामा मात्रै शिविरमा कम्तीमा १४ रोहिग्याहरूकोे हत्या भइसकेको छ ।

गत वर्षको तुलनामा शिविरमा हत्याका घटनामा वृद्धि भएको जनाइएको छ । हत्यामा लागूऔषधको गिरोह एआरएसएको संलग्नता रहेको आशंका गरिएतापनि सोही समहूलो घटनाको जिम्मेवारी अस्वीकार गरेको छ । गत वर्षको सेप्टेम्बरमा शीर्ष रोहिंग्या नेता मोहिब उल्लाहको हत्यामा भने एआरएसए समूहले जिम्मेवारी लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us