एकीकृत समाजवादीका अध्यक्ष नेपाल शनिबार गुल्मी जाँदै

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल शनिवार गुल्मी जाने हुनुभएको छ । सदरमुकाम तम्घासमा आयोजना हुने जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्न अध्यक्ष नेपाल गुल्मी जाने हुनुभएको हो ।

सो पार्टीका गुल्मी जिल्ला अध्यक्ष नरेश भण्डारीका अनुसार नेता नेपालसँगै सहरी विकासमन्त्री रामकुमारी झाँक्री पनि गुल्मी आउने कार्यक्रम तय भएको छ । कार्यक्रमको भब्य तयारी गरिएको पनि अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *