काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आरटीपिसीआर विधिबाट १ हजार १ सय ८३ तथा एन्टीजेन विधिबाट १ हजार १ सय ४ गरी २ हजार २ सय ८७ जनामा गरिएको परिक्षणबाट ४६ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित ४६ जनामध्ये ४० जना आरटीपिसीआर र ६ जना एन्टीजेन विधिबाट फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा २१ संक्रमित निकाे भएका छन् भने कोरोना संक्रमणबाट कसैको पनि ज्यान गएको छैन् । हाल देशभर ७ सय ११ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।