महिला लङजम्पमा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले रचिन् कीर्तिमानी

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्सअन्तर्गत महिला लङजम्पमा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन् ।

यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा रहेको ५।४७ मिटरको कीर्तिमान तोडेर जयरानीले ५।५८ मिटर कायम गरेकी छन् ।

मंगलबार नै व्यक्तिगत उत्कृष्ट नतिजा निकालेकी निशाले ५।४९ मिटरसहित रजत पदक जितिन् । यसअघि कीर्तिमान बनाएकी निशाले त्योभन्दा उत्कृष्ट नतिजा निकाले पनि स्वर्ण जित्न सकिनन् । सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी शिला चौधरीले ५।३१ मिटरसहित कास्य पदक जितेकी छन् ।

जयरानीको जारी नवौं राष्ट्रिय खेलकुदको ट्र्याक एन्ड फिल्डमा यो तेस्रो स्वर्ण पदक हो । यसअघि सोमबार बिहान उनले महिला १०० मिटर हर्डल्समा पनि राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिइन् । आइतबार बिहान जयरानीले महलिा ४०० मिटर हर्डल्समा पनि राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *