पछिल्लो २४ घण्टामा थप ४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५ सय १० जनाको नमूना परीक्षण गरिएको थियो । ८ सय ३५ जनाको पीसीआर र ६ सय ७५ जनाको एन्टीजेन विधिबाट विधिबाट परीक्षण गर्दा ४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार १७ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ७ सय ३६ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *