झापा । गौरादह नगरपालिकामा एक पूर्वप्रहरीले आफ्नै भतिजालाई गोली प्रहार गरेर गम्भीर घाइते बनाएपछि आत्महत्या गरेकाे अवस्थामा शव फेला परेकाे छ ।
गत राति गौरादह ८ का ३५ वर्षीय वीरेन साहले आफैलाई गोली प्रहार गरी आत्महत्या गरेका हुन् । मंगलबार राति ८ बजेतिर घरबाट करिब ७० मिटर टाढा आफैलाई गोली हानी आत्महत्या गरेको अवस्थामा उहाँको शव फेला परेको प्रहरीले जनाएको छ । सामान्य विषयमा भएको विवादले ठूलो रुप लिएपछि वीरेनले भतिजा १५ वर्षीय हेमराज साहमाथि गोली प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।