नेकपाको महासचिवमा नेत्र विक्रम चन्द विप्लव चयन

काठमाडाैं । नेकपाको महासचिवमा फेरि नेत्र विक्रम चन्द विप्लव चयन हुनुभएकाे छ । कपिलवस्तुमा भएको पार्टीकाे नवौँ महाधिवेशनबाट विप्लवलाई महासचिवमा चयन गरिएको हाे ।

यस्तै, महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र १३२ सदस्यीय केन्द्रीय प्रतिनिधि समिति चयन गरिएकाे जनाइएकाे छ ।

असोज २५ गतेदेखि चलेको महाधिवेशन विप्लवद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव  पनि सर्वसम्मत पारित भएको पार्टी स्राेतले जानकारी दिएकाे छ ।

विप्लवले राजनीतिक प्रतिवेदन, विधान, नीति तथा कार्यक्रम र जातीय मुक्तिसम्बन्धी प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिनुभएकाे थियाे ।

महाधिवेशनले दलाल संसदीय व्यवस्था नेपालमा पूर्ण रूपमा असफल भएको र जनक्रान्तिमार्फत् वैज्ञानिक समाजवाद अनिवार्य भएको निश्कर्ष निकालेकाे बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *