ट्याक्टर दुर्घटना हुँदा एकै घरका दुईसहित चार जनाको मृत्यु

ताप्लेजुङ । जिल्लाकाे मैवाखोला गाउँपालिका–१ तेल्लावुङमा गतराति ट्याक्टर दुर्घटना हुँदा एकाघरका दाजुभाइसहित चार जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार गत राति १२ बजेतिर ताप्लिङ खोल्सामा ट्याक्टर पल्टिएर दुर्घटना भएकाे हाे। मृत्यु हुनेमा वडा नम्बर–५ कामसाङका ३१ वर्षीय चालक पासाङ शेर्पा र उहाँका २४ वर्षीय भाइ फुर्वा शेर्पा रहेका छन् । 

त्यस्तै, ट्याक्टरमा सवार वडा नम्बर–४ ओदकका २२ वर्षीया शर्मिला शेर्पा र १७ वर्षीया लाकी शेर्पाको पनि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिनुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *